काठमाडौँ । नयाँ वर्षको अवसरमा सिजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डअन्तर्गत विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ । “गर्मीले होइन, क्रम्प्टनले जित्छ” भन्ने सन्देशसहित ल्याइएको यस अभियानले गर्मी मौसमका लागि प्रभावकारी चिस्यान समाधानसँगै आकर्षक उपहार प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत क्रम्प्टनका विभिन्न सामग्री खरिद गर्ने ग्राहकहरूले कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्न सक्नेछन् । दर्ता भएका सहभागीहरूलाई स्वचालित प्रणालीमार्फत भाग्यशाली छनोटमा समावेश गरिनेछ ।
योजनामा मुख्य बम्पर उपहारका रूपमा ठूलो क्षमताको दुई ढोका भएको फ्रिज राखिएको छ भने हरेक पन्ध्र दिनमा मिक्सर ग्राइन्डर जित्ने अवसर पनि प्रदान गरिएको छ ।
क्रम्प्टन लामो इतिहास बोकेको भारतको अग्रणी पङ्खा ब्रान्ड हो । यसले पङ्खा, हावा चिस्याउने यन्त्र, पानी तताउने उपकरण, मिक्सर ग्राइन्डर लगायतका घरायसी सामग्री उत्पादन गर्दै आएको छ । ऊर्जा बचत, टिकाउपन तथा प्रयोगमैत्री बनावट यसका प्रमुख विशेषता हुन् ।
चौधरी समूहअन्तर्गतको सिजी इलेकट्रोनिक्सले नेपालभर आफ्ना शोरूम तथा आधिकारिक विक्रेता सञ्जालमार्फत क्रम्प्टन लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू उपलब्ध गराउँदै आएको छ ।
नयाँ वर्षलाई लक्षित गर्दै ल्याइएको यस योजनाले उपभोक्तालाई सहज, भरपर्दो र लाभदायक खरिद अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
ग्राहकहरूले नजिकैको शोरूम वा आधिकारिक विक्रेताबाट क्रम्प्टनका सामग्री खरिद गरी कोड स्क्यानमार्फत यस योजनामा सहभागी भई आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।












प्रतिक्रिया