काठमाडौँ । सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाएको छ । सरकारले राजनीतिक ‘कोटा’मा नियुक्त भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाएको हो । सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।
राजनीतिक कोटामा राजदूत नियुक्त भई चित्रलेखा यादव (अस्ट्रेलिया), डा. शंकर शर्मा (भारत), सुम्निमा तुलाधार (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रका) र पूर्णबहादुर नेपाली (श्रीलंका) कार्यरत छन् ।
गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्त ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही आधारमा परराष्ट्र मन्त्रालयले उनीहरूलाई एक महिनाभित्र फर्कन भन्दै सोमबार (चैत २३) पत्र पठाएको छ ।












प्रतिक्रिया