काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले अब बाँकी आईपीओमध्ये ४१ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको हो। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिन्छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।












प्रतिक्रिया