काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेमा सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको ६६ लाख कित्ता शेयर गरी कूल ९८ लाख कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
सोही रेञ्जका आधारमा भोली शुक्रबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ। नेप्सेले कम्पनीलाई (SIPD) सिम्बोल प्रदान गरेको छ ।












प्रतिक्रिया