राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।