हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा उदयकुमार निरौला


काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अध्यक्षमा उदय कुमार निरौला नियुक्त भएका छन् । कम्पनीको ८२ औं बैठकले निरौलालाइ चैत्र २५ गतेबाट लागू हुने गरी अध्यक्ष चयन गरेको हो ।

संचालक समितिमा भएको पुनर्गठन अनुसार साविकका संचालक शेखर गोल्छाको स्थानमा उदयकुमार निरौला नियुक्त भएका छन् ।

त्यसैगरी, शाहिल अग्रवालको स्थानमा दिपेन्द्रकुमार मिश्र र रोहित गुप्ताको स्थानमा पृथ्वीराज थापा नयाँ संचालकका रूपमा नियुक्त भएका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार  १३ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।