काठमाडौँ । पछिल्लो आठ महिनामा वैदेशिक अध्ययनमा ९३ अर्ब ८९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको आठ महिनामा यही शीर्षकमा ८५ अर्ब ८६ करोड रुपैयाँ बाहिरिएको थियो ।
वैदेशिक अध्ययनका लागि नेपालबाट धेरै विद्यार्थी देशबाहिर गए पनि विदेशबाट पनि नेपालमा अध्ययनका लागि विद्यार्थी आउँछन् । यसअनुसार यस वर्षको आठ महिनामा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि ४ अर्ब १० करोड रुपैयाँ बराबरका रकम भित्र्याएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस शीर्षकमा नेपालले ३ अर्ब ५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याएको थियो ।
आर्थिक वर्ष २०८१-८२ मा अध्ययनका लागि मुलुकबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तो रकम हरेक पछिल्ला वर्षमा बढिरहेको छ । यसअनुसार आर्थिक वर्ष २०८०-८१ मा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो ।
आर्थिक वर्ष २०७९-८० मा विदेश अध्ययनकै लागि १ खर्ब ४२ करोड, २०७८-७९ मा ६७ अर्ब ७० करोड रुपैयाँ, २०७५-७६ मा ४६ अर्ब ३२ करोड र २०७६-७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।












प्रतिक्रिया