होटल व्यवसायी महासंघको अध्यक्षमा भण्डारी निर्वाचित


पोखरा । होटल व्यवसायी महासंघ नेपाल को पाँचौं महाधिवेशन गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ । अधिवेशनले टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट सिँगो कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन तथा होटल क्षेत्रलाई अझ प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकता दिने बताए।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार  १६ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।