‘टाइम म्यागेजिन’ को १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ का लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।

म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्रीसमेत भन्दै उनको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिका रूपमा चित्रण गरेको छ ।

प्रधानमन्त्री शाहको उदय युवापुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरिएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार  ०६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।