यी तीन कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकैसाथ तीनवटा कम्पनीलाई प्राथमिक शेयर निष्कासनका लागि अनुमति दिएको छ।

बोर्डले नयाँ वर्षको पहिलो कारोबार दिन एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्ने अन्तिम स्वीकृति प्रदान गरेको हो। धितोपत्र बोर्डबाट एकै दिन स्वीकृति पाएका यी तीन कम्पनीले अब छिट्टै आह्वानपत्र सार्वजनिक गरी सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्नेछन् ।

बोर्डको अनुमतिसँगै एभरेष्ट कलर लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७ लाख २० हजार कित्ता शेयर निष्कासन गर्नेछ, जसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले २५ लाख ८० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको छ । जसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई पनि १०० रुपैयाँ अंकित दरकै ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ। यस कम्पनीको शेयर निष्कासन प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेकाे छ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार  ०९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।