काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७।०३ प्रतिशतले घटेर १ अर्ब ८ करोड १२ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ६६.३५ प्रतिशतले बढेर २ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २६.२० प्रतिशतले घटेर१ अर्ब १० करोड ३५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २८.४२ प्रतिशत घटेर ९२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३०.१२ प्रतिशत घटेर ५३ करोड ७७ लाख रुपैयाँमा झरेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ३ रुपैयाँ ९७ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.४४ गुणा रहेको छ।
चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ सञ्चित छ। गत चैत मसान्तसम्ममा बैंकले ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।












प्रतिक्रिया