सीजी ब्रान्डद्वारा नयाँ वर्षका लागि “एक्सपिरियन्स लाइफ विथ सीजी” अभीयान सार्वजनिक


काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड सीजी (सीजी) ले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्नो नयाँ वार्षिक ब्रान्ड अभियान “एक्सपिरियन्स लाइफ विथ सीजी” सार्वजनिक गरेको छ। अभियानअन्तर्गत “भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” भन्ने विशेष नारासहित उपहार योजनाको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ।

गत वर्ष सञ्चालन गरिएको “लेभल अप” अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गरेको थियो। उक्त अभियानअन्तर्गत कम्पनीले नेपाली ब्रान्डमै पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) टेलिभिजन, एआई एयर फ्रायर, कराओके टेलिभिजन तथा विशाल १०० इन्चको टेलिभिजनजस्ता अत्याधुनिक उत्पादनहरू भित्र्याएको थियो। यसले उपभोक्ताहरूलाई आफ्नो जीवनशैलीलाई नयाँ स्तरमा उकास्न प्रेरित गर्नुका साथै अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट घरायसी उपकरणहरू नेपाली बजारमै उपलब्ध गराउने प्रतिबद्धता पनि पुष्टि गरेको कम्पनीको दाबी छ।

उक्त सफलताबाट उत्साहित हुँदै कम्पनीले यस वर्ष “एक्सपिरियन्स लाइफ विथ सीजी” अभियानमार्फत ग्राहकहरूको जीवनशैलीलाई अझ आधुनिक, स्मार्ट र सहज बनाउने लक्ष्य लिएको जनाएको छ।

यस अभियानका प्रमुख विशेषताहरू वर्ष २०८३ भरि विभिन्न उत्सवहरूमा निरन्तर सञ्चालन गरिनेछन्। नयाँ वर्षको सुरुवातसँगै सार्वजनिक गरिएका मुख्य आकर्षणहरू यसप्रकार रहेका छन् ।

प्रिमियम जीवनशैलीको अनुभव गत वर्षको प्रोत्साहनलाई यस वर्ष प्रत्यक्ष अनुभवमा रूपान्तरण गर्दै सीजीले आफ्ना उच्च गुणस्तरीय घरायसी उपकरण, मनोरञ्जनका साधन तथा स्मार्ट उपकरणमार्फत नेपाली घरहरूलाई थप सुविधायुक्त बनाउनेछ। विशेषगरी मेरिडिया सेग्मेन्टअन्तर्गतका उत्पादनहरूले ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।