काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी ए ५७ फाइभ जी र ग्यालेक्सी ए ३७ फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको घोषणा गरेको छ। यससँगै ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गर्दै उन्नत क्यामेरा क्षमता, स्मार्ट सुविधाहरू तथा आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई अझ सहज बनाउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।
कम्पनीले यसअघि उपलब्ध १२ महिनासम्मको ईएमआई योजनालाई स्तरोन्नति गर्दै अब २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराएको छ। यस सुविधामार्फत प्रिमियम प्रविधिलाई अझ सजिलो र पहुँचयोग्य बनाइएको सामसङको भनाइ छ। उक्त सेवा सामसङ इन्स्टा फाइनान्सअन्तर्गत हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध हुने बताइएको छ। प्रक्रिया झन्झटररहित रहेको र केवल नागरिकता भए पुग्ने व्यवस्था गरिएको छ।
नयाँ ग्यालेक्सी ए सिरिजमा सामसङको नवीनतम प्रविधि समावेश गरिएको छ। यसमा ‘एनह्यान्स्ड अवसम इन्टेलिजेन्स’ सुविधा रहेको छ, जसले स्मार्ट अन्तरक्रिया, उत्पादकत्व तथा सामग्री सिर्जनालाई अझ सहज बनाउने कम्पनीले जनाएको छ। साथै क्यामेरा, कार्यसम्पादन, प्रदर्शन (डिस्प्ले) तथा सुरक्षाका क्षेत्रमा सुधारसहित ग्यालेक्सी ए ५७ फाइभ जी र ग्यालेक्सी ए ३७ फाइभ जी दैनिक प्रयोगका लागि भरपर्दो उपकरणका रूपमा प्रस्तुत गरिएको छ।












प्रतिक्रिया