अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिइने


काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरुको तलब भुक्तानी प्रणालीलाई मासिकबाट अर्धमासिक रुपमा रूपान्तरण गर्ने निर्णय गरेको छ । सरकारले कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो । अब कर्मचारीहरूले आफ्नो कुल आम्दानीको ५० प्रतिशत रकम प्रत्येक १५ दिनमा प्राप्त गर्ने छन् ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार  ०७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।