गतिशील सहकारीका अध्यक्ष पक्राउ


काठमाडौँ । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।

पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।