काठमाडौँ । नेपाल सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै, सदस्यमा नवराज सिम्खडा र रोशन शाक्यलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति पनि दिएको छ ।












प्रतिक्रिया