गर्मीलाई मात दिन सिजीको नयाँ ‘फ्रोस्टलाइन’ कुलर सार्वजनिक


काठमाडौँ । नेपालको विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको तीव्र गर्मीलाई लक्षित गर्दै आफ्नो डेजर्ट कुलर श्रेणीअन्तर्गत अत्याधुनिक र शक्तिशाली ‘फ्रोस्टलाइन’ श्रृंखला सार्वजनिक गरेको छ। कम्पनीको वार्षिक अभियान ‘सिजीसँग जीवनको अनुभव’ अन्तर्गत ल्याइएको यो नयाँ श्रृंखलाले उपभोक्तालाई शीतल र आरामदायी वातावरण प्रदान गर्ने लक्ष्य राखेको छ।

ग्राहकको बढ्दो माग र आधुनिक घरको आवश्यकतालाई ध्यानमा राख्दै सिजीले ठूलो पानी ट्याङ्की क्षमता भएका तथा मध्यम कोठाका लागि उपयुक्त विभिन्न मोडेल बजारमा ल्याएको जनाएको छ। ठूलो क्षमताले पटक–पटक पानी भर्नुपर्ने झन्झट कम गर्ने विश्वास कम्पनीको छ।

नयाँ श्रृंखलामा दोहोरो बल बेरिङयुक्त मोटर, बरफ राख्ने विशेष कोठा, उच्च घनत्वको हनीकम्ब प्याड तथा शक्तिशाली हावा फ्याँक्ने प्रविधि जस्ता विशेषता समावेश छन्। यी सुविधाले लामो समयसम्म प्रभावकारी र शान्त चिस्यान प्रदान गर्ने कम्पनीको दाबी छ।

सिजी इलेक्ट्रोनिक्सले देशभर आफ्ना आधुनिक बिक्री कक्ष तथा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले नयाँ श्रृंखलामार्फत गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार  १६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।