गरिमा विकास बैंंकलाई २ अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ् सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ ।

विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था “ईन्टरसर्ट”को तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले गरिमा विकास बैंक गुणस्तरीय बैकिङ् सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताए।

गरिमा विकास बैंक लिमिटेडले नेपालको बैकिङ् क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर १२६ शाखा कार्यालयहरुबाट करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ् सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।