काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले चैतसम्म १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार ११.३१ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्ष सोही अवधिमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ भित्र्याएका थिए ।
समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षका भन्दा ११.६४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्ष नेपाल लाइफले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ । यो कम्पनीले चैतसम्म १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ९.२० प्रतिशतले बढेको हो ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष चैतसम्म कम्पनीले १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ८.०८ प्रतिशतले बढेर १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी चैतसम्म हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५.३१ प्रतिशत बढी हो ।
यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको भन्दा ११.७० प्रतिशतले बढी हो ।
यसैगरी, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ (११.६७ प्रतिशत) बढी, एसियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ ( १२.११ प्रतिशत बढी) र सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ (१९.२६ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन्।
त्यस्तै चालु वर्षको चैतसम्म सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
३०.६१ प्रतिशतले बढ्यो प्रथम बीमा शुल्क संकलन
जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार बढेको छ । जीवन बीमा कम्पनीले चालु वर्षको चैतसम्म ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। जुन गत वर्षको तुलनामा ३०.६१ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको चैतसम्म कम्पनीहरुले २४ अर्ब ४० करोड १ लाख रुपैयाँ नयाँ व्यापार गरेका थिए । समीक्षा अवधिसम्म सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ ।
चालु वर्षको चैतसम्म नेपाल लाइफले ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ नयाँ व्यपार गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ३८.४३ प्रतिशतले बढेको हो ।
window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।
नयाँ व्यापार भित्र्याउनेमा दोस्रोमा नेसनल लाइफ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार २३.१६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) ले समिक्षा अवधिमा २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ नयाँ व्यापार भित्र्याएको छ । जुन गत वर्षको भन्दा ३०.६८ प्रतिशतले बढी हो ।
यो कम्पनीले अघिल्लो वर्षको चैतसम्म १ अर्ब ८९ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।
यसैगरी समीक्षा अवधिसम्म सूर्यज्योति लाइफले २ अर्ब २० करोड ५ लाख रुपैयाँ नयाँ व्यापार भित्र्याएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २१.३९ प्रतिशतले बढी हो ।
यसैगरी, सिटिजन लाइफले १ अर्ब ९५ करोड ११ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ र एसियन लाइफले १ अर्ब ७५ करोड ४४ लाख रुपैयाँबराबरको नयाँ व्यापार भित्र्याएका छन् ।
चालु वर्षको चैतसम्म आइएमई लाइफले १ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ४७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २२ करोड २३ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब १६ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९९ करोड ३० लाख रुपैयाँ र सन नेपाल लाइफले ८३ करोड ८१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।
१ खर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीहरुले बीमालेख नवीकरण गरेर १ खर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् ।
चालु आर्थिक वर्षको चैतसम्मसम्म १ खर्ब ८ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा ९.०८ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको चैतसम्म बीमा कम्पनीहरुले ९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षमा आइएमई लाइफले नविकरण शुल्कबाट सर्वाधिक नाफा कमाएको छ । चालु वर्षको चैतसम्म नेपाल लाइफले २८ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६.७१ प्रतिशतले बढी हो ।
window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});अघिल्लो वर्ष चैतसम्म कम्पनीले २६ अर्ब ७६ करोड १८ लाख रुपैयाँ संकलन गरेको थियो ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चैतसम्म १२ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ४.५६ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ अर्ब १४ करोड ४८ लाख रुपैयाँ मात्रै नवीकरण बीमाशुल्क संकलन गरेको थियो ।
तेस्रोमा नेसनल लाइफ रहेको छ । अघिल्लो वर्ष चैतसम्म कम्पनीले ११ अर्ब ८० करोड १४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ६.४४ प्रतिशतले बढेर १२ अर्ब ५६ करोड १९ लाख रुपैयाँ संकलन गरेको थियो ।
यसैगरी चैतसम्म हिमालयन लाइफले ११ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ७.२३ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १० अर्ब ७२ करोड २४ लाख रुपैयाँ संकलन गरेको थियो ।
चालु वर्षको चैतसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १२ करोड ५३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गर्दा सूर्यज्योति लाइफले ६ अर्ब ३५ करोड १० लाख रुपैयाँ, एसियन लाइफले ५ अर्ब ४९ करोड २५ लाख रुपैयाँ, सिटिजन्स लाइफले ४ अर्ब ११ करोड ५९ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ३ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ संकलन गरेका छन् ।
यसैगरी समीक्षा अवधिसम्म मेटलाइफले ३ अर्ब ७४ करोड २६ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।










प्रतिक्रिया