इनड्राइभद्वारा ड्राइभर साझेदारलाई पुरस्कार वितरण


काठमाडौँ । इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियानका विजेता ड्राइभर साझेदारहरूलाई विशेष समारोहबीच पुरस्कार प्रदान गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा उत्कृष्ट सेवा र कार्यसम्पादनका आधारमा छनोट भएका चालकहरूलाई विद्युतीय क्याब तथा स्कुटर हस्तान्तरण गरिएको हो । अभियान अवधिभर ड्राइभर साझेदारहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।

अभियानमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्य राखिएको थियो। साप्ताहिक चुनौती र आकर्षक पुरस्कारमार्फत उत्कृष्ट तथा प्रतिबद्ध चालकहरूलाई प्रोत्साहन गरिएको थियो।

यस क्रममा क्याब चालकतर्फ पेषल बुढाथोकीले विद्युतीय क्याब प्राप्त गरे भने बाइक चालकतर्फ साम्देन तामाङ र सरोज खतिवडाले विद्युतीय स्कुटर प्राप्त गरेका छन्।

कम्पनीका अनुसार यस्ता कार्यक्रमले चालकहरूलाई थप प्रेरित गर्नुका साथै सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार  १३ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।