सीजीले ल्यायो ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ स्ट्यान्ड फ्यान


काठमाडौँ । चर्को गर्मीलाई मध्यनजर गर्दै नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ पोर्टफोलियोमा नयाँ र शक्तिशाली ‘हाइ–पर्फोमेन्स’ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ ।

कम्पनीले प्रिमियम सिरिज सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक र शक्तिशाली मोडल सीजीएमआरएसएफ बजारमा ल्याएसँगै मेरिडिया सेग्मेन्टमा अब विकल्पहरूको संख्या ३ पुगेको कम्पनीले जनाएको छ ।

नेपाली उपभोक्ताको विविधतापूर्ण आवश्यकता र प्रिमियम जीवनशैलीलाई सम्बोधन गर्दै सीजीले स्ट्यान्ड फ्यान सेग्मेन्टमा उपस्थितिलाई रणनीतिक रूपमा मजबुत बनाएको कम्पनीको दाबी छ ।

बजारमा अत्याधुनिक प्रविधि र विलासी अनुभव खोज्ने ग्राहकका लागि सीजी मेरिडिया अन्तर्गत हालै सार्वजनिक नयाँ मोडल प्रिमियम मेरिडिया सिरिज सहित ३ वटा उच्चस्तरीय फ्यानहरू उपलब्ध छन्, जसले ‘स्मार्ट’ फिचर र प्रिमियम लुक्सको उत्कृष्ट समिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ ।

उपभोक्ताको दैनिक आवश्यकता र किफायती मूल्यमा उच्च कार्यक्षमता सुनिश्चित गर्न सीजी स्ट्यान्ड फ्यान रेन्ज अन्तर्गत ९ वटा विभिन्न भेराइटीका स्ट्यान्ड फ्यानहरू बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो रेन्जले घरदेखि कार्यालयसम्मका हरेक आवश्यकतालाई पूरा गर्ने कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ ।

उच्च क्षमताको हावाको बहाव आवश्यक पर्ने औद्योगिक प्रयोग वा ठूला हलहरूका लागि ३ वटा शक्तिशाली फर्राटा फ्यान बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।