सिटिजन्स बैंकको नाफा ३५.८२ प्रतिशतले बढ्यो


काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४८ प्रतिशतले घटेर ४ अर्ब ४७ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी २ प्रतिशतले घटेर ९१ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.०६ प्रतिशतले बढेर ६ अर्ब १५ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३८.६१ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५५ पैसा बढेर ११ रुपैयाँ २३ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.७१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा रहेको छ ।

बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा २ खर्ब १३ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  ०९ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।