काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालको राजीनामा स्बीकृत भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनको राजीनामा स्वीकृत गरेका हुन् । बस्याल गत भदौ १९ गते अध्यक्षमा नियुक्त भएका थिए । उनले कार्यकाल पुरा नहुँदै राजीनामा दिएका हुन् ।
सरकारले राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिन आग्रह गरेकोले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ पछि बस्यालले राजीनामा बुझाएका हुन् ।












प्रतिक्रिया