काठमाडौँ । प्रोफेसनल होल्डिङ्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ। साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण समेत गरिएको छ।
सभाबाट शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र संशोधन गर्ने निर्णय पनि गरिएको छ।
त्यसैगरी कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने तथा आवश्यक कानुनी र प्रशासनिक कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ। साथै सहायक कम्पनीद्वारा प्रस्तावित लाभांश सम्बन्धी निर्णय समेत स्वीकृत गरिएको छ।












प्रतिक्रिया