क्लासिक टेकको नयाँ अफर: १ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्


काठमाडौँ । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आकर्षक अफरसहित नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले “१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्” अफर ल्याएको जानकारी दिएको हो।

यस अफरअन्तर्गत ग्राहकहरूले ३०० एमबिपिएस उच्च गतिको इन्टरनेटसँगै आइपी टिभी जडान गर्दा ४ वर्षसम्म आइपी टिभी सेवा निःशुल्क प्राप्त गर्नेछन्। साथै वाइफाइ सिक्स राउटर पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दैनिक करिब ४० रुपैयाँको दरमा यो योजना वार्षिक रूपमा जडान गर्न सकिनेछ। एचडी तथा एसडी प्रिमियम टिभी च्यानलमार्फत इतिहास, मनोरञ्जन, बालबालिका तथा खेलकुदलगायतका सयौं च्यानलहरू समावेश गरिएको छ।

सामान्य अवस्थामा मासिक ५०० रुपैयाँ पर्ने आइपी टिभी सेवा यस अफरमा भने मासिक करिब २०३ रुपैयाँमा उपलब्ध हुने बताइएको छ। यसरी ग्राहकले ३ वर्षसम्मको टिभी सेवा बोनसस्वरूप प्राप्त गर्दा करिब ७ हजार ३२२ रुपैयाँ बराबरको लाभ लिन सक्ने कम्पनीको दाबी छ।

कम्पनीले ग्राहकको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै यो योजना सार्वजनिक गरिएको जनाएको छ। १ वर्षको इन्टरनेट तथा आइपी टिभी जडानमा ३ वर्ष निःशुल्क आइपी टिभी सेवा उपलब्ध गराउने यो अफर सीमित अवधिका लागि लागू हुने बताइएको छ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  १६ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।