गरिमा विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्रदान गर्ने उद्देश्यले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरसँग सम्झौता सम्पन्न भएको छ।

सम्झौतापछि गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबाट सिटि स्क्यान, एक्स–रे लगायत अन्य स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)मा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य उपचार सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुने बताइएको छ। उक्त सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती र सतुंगलका साथै पोखरा ९कास्की०, नारायणगढ र भरतपुर (चितवन) तथा बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ।

बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यी दुबै हस्पिटलबाट सहजै छुट सुविधा लिन सक्नेछन्।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  १६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।