बुक विल्डिङको आईपीओ खरिद गर्ने लगानीकर्ता नेप्सेमा अनिवार्य दर्ता हुनुपर्ने


काठमाडौँ । नेपाल स्टक एक्सचेन्सले बुक विल्डिङको आईपीओ खरिद गर्ने लगानीकर्तालाई दर्ता र नविकरण गर्न आग्रह गरेको छ ।

नेप्सेले बिहीबार सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थापक लगानीकर्तालाई बुक विल्डिङ विधिमा सहभागी हुन यथासिघ्र दर्ता हुन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुले बुक बिल्डिङ्ग बिधिमा सहभागी हुनको लागि यथासिघ्र नेप्सेमा निम्नानुसारको दस्तुर सहित दर्ता हुन तथा पहिले नै दर्ता भैसकेका योग्य संस्थागत लगानीकर्ताहरुले बार्षिक नवीकरण गर्नु हुन अनुरोध छ ।’

संस्थागत लगानीकर्तालाई दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ भने नविकरण शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जको खाता रहेको बैंक ग्लोबल आईएमई बैंकबाट दस्तुर बुझाउने सक्ने जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  १३ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।