काठमाडौँ । सेयर बजार परिसुचकमा गिरावट आएको छ । बिहीबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा पुगेको हो ।
बिहीबार ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयरहरू ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँमा कारोबार भएका छन् ।
बुधबार नेप्से २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ८४ करोड ५३ लाख रुपैयाँ पुगेको थियो ।
बिहीबार उत्पादन तथा प्रशोधन समूह ९६.१२ अंकले र वाणिज्य बैंक समूह ०.३१ अंकले बढेको बजारमा अरु सबै उपसुचक राताम्मे देखिएका छन् ।
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको सेयर मूल्य १२.५७ बढेको बजारमा शिखर पावर डिभलपमेन्टको सेयर मूल्य ७.९१ प्रतिशत, एसियन हाइड्रोपावरको सेयर मूल्य ७.८८ प्रतिशत, रिभर फल्स पावरको सेयर मूल्य ४.९५ प्रतिशत र एसवाई प्यानल नेपालको सेयर मूल्य ३.८१ प्रतिशतले बढेको छ ।
यता, कर्पाेरेट विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी १०.३८ प्रतिशतले घटेको छ । माईखोला हाइड्रोपावरको सेयर मूल्य ९.११ प्रतिशत, ९ प्रतिशत नबिल बैंक २०८७ डिभेन्चर मूल्य ५.४२ प्रतिशत, एनआईसी एसिया ग्रथ फण्ड–२ को इकाई मूल्य ४.८१ प्रतिशत र सोलु हाइड्रोपावरको सेयर मूल्य ४.१८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा रिलाइन्स स्पिनिङ मिल्स २६ करोड ७५ लाख ६८ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी ६ लाख ६९ हजार ७३० इकाईको कारोबार सहित अग्रस्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा पाल्पा सिमेन्ट ९४८ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।












प्रतिक्रिया