काठमाडौँ । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारलाई लक्षित गर्दै “रेमिटमा बेनीफीट” अभियान सुरु गरेको छ। अभियानले रेमिट्यान्सलाई जीवनस्तर सुधारसँग जोड्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
यस अफरअन्तर्गत मोबाइल फोन, टेलिभिजन, फ्रिज र धुने मेसिनमा आकर्षक नगद फिर्ता, अतिरिक्त डाटा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ। साथै, ग्राहकले रेमिट्यान्स प्राप्त गरी सहज प्रक्रियामार्फत विभिन्न सुविधा लिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार आइएमई रेमिट लगायत विभिन्न साझेदारसँगको सहकार्यमा ल्याइएको यो अभियानले प्रिमियम प्रविधिमा पहुँच विस्तार गर्ने र परिवारहरूको आर्थिक भार घटाउने लक्ष्य राखेको छ।
सामसङले यो पहलमार्फत विदेशमा रहेका नेपालीको योगदानलाई सम्मान गर्दै उनीहरूका परिवारसम्म प्रविधि पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएको छ।












प्रतिक्रिया