४ वटा मन्त्रालय खारेज गर्ने र ६ मन्त्रालय गाभेर नयाँ नाम कायम गर्ने तयारी, आजै मन्त्रिपरिषद्‌मा पेस हुँदै


काठमाडौँ । सरकारले ४ वटा मन्त्रालय खारेज गर्ने र ६ मन्त्रालय गाभेर नयाँ नाम कायम गर्ने तयारी गरेको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा टेकेर सरकारले यस्तो तयारी गरेको हो ।

१७ मन्त्रालयको खाका आज मन्त्रिपरिषद्‌मा पेस हुन लागेको छ । आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय गाभिने गरी तयार पारेको खाका स्वीकृत हुने बताइएको छ ।

यस्तो छ गाभिएपछि कायम हुने १७ मन्त्रालयको खाका


१. प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालय : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासन/निजामती/संगठन सुधार भाग/सूचना प्रविधिको प्रविधिसम्बन्धी, डाटा सुरक्षा, एआई/संघीय मामिला र स्थानीय शासन/सम्पत्ति शुद्धीकरण विभा

२. अर्थ मन्त्रालय : अर्थ मन्त्रालय÷विकास साझेदारी÷विदेशी सहायता समन्वयको स्पष्ट जिम्मेवारी थप्ने

३. गृह मन्त्रालय : गृह मन्त्रालय/विपद्सम्बन्धी सबै कार्य, कार्यालयहरू समायोजन

४. परराष्ट्र मन्त्रालय : परराष्ट्र मन्त्रालय/विदेशी मामिला

५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय÷कानुन आयोगको काम सबै यसैमा राख्ने÷कानुनसम्बन्धीका सबै निकाय

६. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय/खानेपानी तथा सरसफाइ मन्त्रालयको सरसफाइ (खानेपानीको पूर्वाधार, सरसफाइको खाद्य पूर्वाधार एकीकृत पूर्वाधार)/खाद्य सुरक्षाको नियमन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नियमनकारी काम

७. शिक्षा तथा खेलकुद मन्त्रालय : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा मात्र, र युवा तथा खेलकुद मन्त्रालयको खेलकुद मात्र

८. कृषि सहकारी तथा ग्रामीण विकास मन्त्रालय : कृषि तथा पशुपन्छी विकास मन्त्रालय÷भूमि व्यवस्था मन्त्रालयको भूमि प्रशासन, भूउपयोग, जग्गा सुधार भाग/सहकारी र ग्रामिण विकासको नयाँ कम्पोनेन्ट थप गर्ने

९. सामाजिक सुरक्षा तथा महिला, बालबालिका र लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय : महिला बालबालिका तथा जेस्ठ नागरिक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा भाग/गृहको सामाजिक सुरक्षा

१०. उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/विज्ञान तथा प्रविधि/ नवप्रवर्तन

११. युवा, श्रम तथा रोजगार मन्त्रालय : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको युवा भाग/सीएसआर/वैदेशिक रोजगारी

१२. ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय÷जलको मुहान, पानी खानेपानीको वितरण, मर्मत लगायतको काम

१३. एकीकृत पूर्वाधार मन्त्रालय : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/सहरी विकास मन्त्रालय/खानेपापानी मन्त्रालयको पूर्वाधार क्षेत्र/सरसफाइको ढल निकास

१४. वन, पर्यावरण तथा जलवायु मन्त्रालय : वन तथा वातावरण मन्त्रालय/पर्यावरण/जलवायु

१५. संस्कृति, पर्यटन, तथा संस्कृति, पर्यटन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय/भाषिक विविधता संरक्षण/तीर्थाटन विभाग

१६. सञ्चार मन्त्रालय : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सञ्चार÷हुलाक सेवा÷जनगुनासो व्यवस्थापन/क्रियटिभ इन्डस्टीरबहुभाषिक सञ्चार/फेक न्यूज नियन्त्रण तथा तथ्य–जाँच/डिजिटल सामग्री उद्योग प्रवद्र्धन/सार्वजनिक सूचना क्याम्पेन/राष्ट्रिय अभिलेख/रेकर्ड व्यवस्थापन

१७. रक्षा मन्त्रालय : रक्षा मन्त्रालयको विस्तृत विवरण खुलाइएको छैन ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार  ०६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।