काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात बैशाख २३ गते बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले जेठ ६ गते, बुधबार, नेपाल पुलिस क्लब, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।












प्रतिक्रिया