काठमाडौँ । पछिल्ला चार कारोबार दिनदेखि ओरालो लागेको सेयर बजार आज मंगलबार भने सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको हो ।
मंगलबार कारोबारमा आएका ३३५ कम्पनीका ७७ लाख ३४ हजार १२ कित्ता सेयरहरू ६२ हजार २५ पटक किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ अंकमा झर्दा कारोबार रकम ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँ पुगेको थियो ।
म्ंगलबारको कारोबारमा १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घट्दा १६ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबारको कारोबारमा अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य ११.१६ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीमा सोलु हाइड्रोपावर, धौलागिरी लघुवित्त, झापा इनर्जी र एनआइसी एसिया ब्यासेन्स रहेका छन् ।
यता, फर्वाड लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । त्यस्तै, कर्पोरेट बैंक, सुपरखुदी हाइड्रोपावर, रवा इनर्जी र एनआइसी एसिया ग्रोथ फण्ड धेरै सेयर मूल्य घट्नेको शीर्ष ५ मा रहेका छन् ।
मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा सोलु हाइड्रोपावर हेको छ । सोलु हाइड्रोपावरको सेयर २३ करोड ५७ लाख १६ हजार रुपैयाँको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स १२ करोड ७८ लाख १३ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । नेश्नल हाइड्रोपावरको ११ करोड ५२ लाख १८ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, आँखुखोला हाइड्रोपावरको ८ करोड १५ लाख ४० हजार रुपैयाँको कारोबार हुँदा पाल्पा सिमेन्ट इन्डष्ट्रिजको ७ करोड ७३ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।












प्रतिक्रिया