काठमाडौँ । पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले आज सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ । सोमबार नेप्से परिसूचक ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा झरेको हो ।
सोमबार कारोबारमा आएका ३४१ कम्पनीका १ करोड ७४ हजार ५२४ कित्ता सेयरहरू ६८ हजार ६३५ पटक किनबेच हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२ अंकमा झर्दा कारोबार रकम ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँ पुगेको थियो ।
सोमबारको कारोबारमा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार लघुवित्त समूहको सेयर मूल्य सामान्य अंकले बढेको छ भने अन्य सबै उपसमूहरु घटेका छन् ।
सोमबारको कारोबारमा फर्वाड लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, झापा इनर्जीको करिब ८ प्रतिशतले र सेन्चुरी डेभेन्चर, एनआइसी एशिया ग्रोथ फण्ड र सिभिल बैंक डेभेन्चरको इकाइ मूल्य करिब ३ प्रतिशतले बढेको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १३ प्रतिशतले घटेको छ । त्यस्तै, माइखोला हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र श्रीनगर एग्रिटेक धेरै सेयर मूल्य घट्नेको शीर्ष ५ मा रहेका छन् ।
सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा एनआरएन इन्फ्राइस्टक्चर हेको छ । एनआरएन इन्फ्राइस्टक्चरको सेयर ३१ करोड ३६ लाख ८९ हजार रुपैयाँको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स १७ करोड ९९ लाख ७५ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । नेश्नल हाइड्रोपावरको १५ करोड ५४ लाख ६१ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, आँखुखोला हाइड्रोपावरको १५ करोड १८ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा एनआइसी एशिया बैंकको ११ करोड ८९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । बिहीबार ४६ खर्ब ७१ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण सोमबार ४६ खर्ब ११ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ६० अर्ब रुपैयाँले घटेको हो ।












प्रतिक्रिया