ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन


काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा छ लाख ४१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १३८, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार हजार १२५ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  ०९ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।