विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायुकुमार श्रेष्ठलाई


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठले पाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन्। उनी श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

यसअघिका राजनीतिक नियुक्ति बदर गर्ने अध्यादेश ल्याएसँगै हितेन्द्रदेव शाक्य पनि बर्खास्तीमा परेका छन् । उनको रिक्त पदमा श्रेष्ठलाई प्राधिकरणको जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।