सहसचिवहरुको सरुवा, को कहाँ पुगे (सूचीसहित)


काठमाडौँ । गत सोमबारमा बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवहरूको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको हो ।

जस अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सञ्चार मन्त्रालय सरुवा गरिएको छ ।

त्यस्तै, सञ्चार मन्त्रालयका सहसचवि आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ । त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै कार्यरत चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

यता, प्रधानमन्त्री कार्यालयका सहसचिव अनिल कुमार दत्तलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  १६ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।