धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समितिबाट भट्टले दिए राजीनामा


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिको संयोजकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । भट्टका नातेदारहरूको पनि बोर्डको अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् ।

सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोग उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

समितिले आवेदन लिनेसम्मको काम गरेको छ । बाँकी प्रक्रिया पूरा गरी अध्यक्षको उम्मेदवार छनोट सिफारिस गर्ने कामका लागि अर्को व्यक्तिलाई संयोजक नियुक्त गर्ने छ ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार  १८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।