आज प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने


काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ।

आजको कार्यसूचीमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने पनि रहेको छ।

प्रधानमन्त्री शाहले अहिलेसम्म संसद्‍मा बोलेका छैनन्।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार  ०८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।