नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने


काठमाडौँ । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने भएका छन् । प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।

यसअघि नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहेको थियो । तर यो पटक रास्वपा नेतृत्वको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिएर अर्थमन्त्रीले दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।