यस्ता छन् बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु


काठमाडौँ । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
आज सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

यी हुन् मुख्य निर्णयहरु

– नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
– विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।
– सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का, बागलुङ र माननीय योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।
– भूमि सम्बन्धी (एक्काईसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार  ११ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।