अब संघीय सरकारमा १७ वटा मन्त्रालय हुने


काठमाडौँ । संघीय सरकारका मन्त्रालयहरूको संख्या १७ वटा बनाइने भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । जस अनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुने भएको हो ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।