काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई सो पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले यसअघि सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरेका थिए । उनी पदमुक्त भएसँगै राष्ट्रपतिले नयाँ नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।











प्रतिक्रिया