सवोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।
ज्योति प्रकाश पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न सम्बन्धित निकायलाई आदेश दिएको हो । बिहीबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा भएको सुनुवाइपछि अदालतले पक्राउ गर्नुको आधार र कानुनी प्रक्रियाबारे खुलाउन सरकारलाई निर्देशन दिएको हो ।
अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा छलफल गर्न अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई स्मार्ट टेलिकमको उपकरण लिलाम गरी कर्जा असुली गरेको विषयलाई लिएर बुधबार पक्राउ गरेको थियो ।












प्रतिक्रिया