काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । बिहीबार ३ अर्ब २९ करोडको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ९ करोडको सेयर किनबेच भएको हो ।
शुक्रबार कारोबारमा आएका ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयरहरू ४३ हजार ६७४ पटक किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से १०.०७ अंकले घटेर २७३०.१७ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँ पुगेको थियो ।
शुक्रबारको कारोबारमा १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
शुक्रबारको कारोबारमा नबिल डेभेन्चरको सेयर मूल्य ७.७१ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको शीर्ष ५ मा मोदी इनर्जी, राष्ट्रिय बिमा कम्पनी, केबिएल डेभेन्चर र भिजन लुम्बिनी उर्जा रहेका छन् ।
यता, यूनियन हाइड्रोपावरको सेयर मूल्य १४.७९ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा क्रेष्ट माइक्रोफाइन्यान्स, नेपाल रिपब्लिक मिडिया, एनआइएमबी डेभेन्चर र एचएलआई लार्च क्याप फण्ड शीर्ष ५ मा रहेका छन् ।
शुक्रबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा यूनियन हाइड्रोपावर रहेको छ । यूनियन हाइड्रोपावरको सेयर ३० करोड ६६ लाख ४९ हजार रुपैयाँको कारोबार हुँदा अपी पावर कम्पनीको ११ करोड ४४ लाख १५ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । रिलायन्स स्पिनिङ मिल्सको ८ करोड ६३ लाख ८ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, एसवाई प्यानलको ८ करोड ५६ लाख १७ हजार रुपैयाँको कारोबार हुँदा नेश्नल हाइड्रोपावरको ८ करोड ५० लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।












प्रतिक्रिया