काठमाडौँ । यो साताभरिको कारोबारमा सेयर बजार परिसुचक नेप्से १३.७१ अंकले घटेर २७३१.९४ विन्दुमा कायम भएको छ । साताको ५ कारोबार दिनमा २ दिन बढेको नेप्से ३ दिन कारोबार दिनमा घटेको हो । नेप्से गत साताको कारोबारको अन्तिम दिन २७४५.६५ विन्दुमा कायम भएको थियो ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार २७४५.६५ बिन्दुमा रहेको नेप्से यो साताको कारोबारको पहिलो दिन सोमबार ३८.१९ अंक बढेर २७८३.८५ विन्दुमा पुगेको थियो ।
सोमबार कारोबारमा आएका ३३२ कम्पनीका १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयरहरू ६८ हजार ४४४ पटक किनबेच हुँदा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यसपछि मंगलबार, बुधबार र बिहीबार भने बजार लगातार घटेको थियो । मंगलबार नेप्से परिसूचक ३९.४४ अंक घटेर २७४४.४० विन्दुमा झरेको थियो । उक्त दिन कारोबारमा आएका ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयरहरू ६२ हजार ५१२ पटक किनबेच हुँदा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधबार पुन नेप्से ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा पुग्दा ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयरहरू ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा झरेको नेप्से साताको अन्तिम कारोबार दिन शुक्रबार भने १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा कायम भई साताको कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार ३३७ कम्पनीका ७९ लाख ५८ हजार ७५२ कित्ता सेयरहरू ४६ हजार ४०२ पटक किनबेच हुँदा ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँको कारोबार भएको बजारमा शुक्रबार ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयरहरू ४३ हजार ६७४ पटक किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताभरिमा कुन कम्पनीको सेयरमा देखियो वृद्धि
यो साता सेयर बजारमा उतारचढाव देखिए पनि साताको पहिलो कारोबार दिन सोमबार फष्ट माइक्रोफाइन्यान्स लघुवित्तको सेयर मूल्य करिब १४.१९ प्रतिशतले बढेको थियो । त्यस्तै, मंगलबार धौलागिरी लघुवित्तको सेयर मूल्य १५ प्रतिशत बढेको थियो भने बुधबार एशियन हाइड्रोपावरको सेयर मूल्य ११.४२ प्रतिशतले, बिहीबार युनियन हाइड्रोपावरको सेयर मूल्य ९.७९ प्रतिशतले र शुक्रबार नबिल डेभेन्चरको सेयर मूल्य ७.७१ प्रतिशतले बढेको थियो ।
कुन कम्पनीको सेयर मूल्य सबैभन्दा बढी घट्यो ?
यो साताको कारोबारमा सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर मूल्य (शुक्रबार) १४.७९ प्रतिशतले घटेको थियो । त्यसैगरी, मंगलबार फष्ट माइक्रो फाइन्यान्सको सेयर मूल्य करिब १२.४० प्रतिशतले, बुधबार धौवलागिरी लघुवित्तको सेयर मूल्य ११.१७ प्रतिशतले, बिहीबार एसियन हाइड्रोपावरको सेयर मूल्य ९.८९ प्रतिशतले र सोमबार त्रिशुली हाइड्रोपावरको सेयर मूल्य करिब ३ प्रतिशतले घटेको थियो ।
कुन कम्पनीको सबैभन्दा बढीको कारोबार भयो ?
साताभरिमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको शीर्षस्थानमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । रिलायन्स स्पिनिङ मिल्सले साताको पहिलो कारोबार दिन सोमबार २१ करोड ११ लाख १९ हजार रुपैयाँको कारोबार गर्दा मंगलबार १८ करोड ९ लाख ५७ हजार रुपैयाँको, बुधबार ८ करोड २७ लाख १६ हजार रुपैयाँका र शुक्रबार ८ करोड ६३ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार १७ करोड ६० लाख ३२ हजार रुपैयाँको कारोबार गरेको नेश्नल हाइड्रोपावरले मंगलबार १८ करोड ९९ लाख ४३ हजार रुपैयाँको र शुक्रबार ८ करोड ५० लाख ७५ हजार रुपैयाँको कारोबार गरेको थियो ।
सोमबार १६ करोड १० लाख ४६ हजार रुपैयाँको कारोबार गरेको एसवाई प्यानलले मंगलबार १५ करोड ३३ लाख ६० हजार रुपैयाँको, बुधबार २७ करोड ७९ लाख ४६ हजार रुपैयाँको र बिहीबार १८ करोड ५४ लाख ९० हजार रुपैयाँको कारोबार गरेको थियो ।
त्यसैगरी, शुक्रबार यूनियन हाइड्रोपावरको सेयर ३० करोड ६६ लाख ४९ हजार रुपैयाँको कारोबार भएको थियो ।










प्रतिक्रिया