कक्षा ११ को पठनपाठन आगामी असार १ देखि


काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न\गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार  १८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।