कालिन्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत


काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ जेठ ८ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आउँदो सोमबार अर्थात् जेठ ११ गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको १३ लाख ७५ हजार कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता शेयर गरी कुल ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।