साताको सेयर बजार : २६.५५ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताभरिको कारोबारमा सेयर बजार परिसूचक २६.५५ अंकले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २७३१.९४ विन्दुमा बन्द भएको बजार यो साताको अन्त्मि दिन शुक्रबार २७५८.४९ विन्दुमा पुगेको हो ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा कायम भएको थियो । उक्त दिन ३३९ कम्पनीका ५८ लाख २८ हजार ६०४ कित्ता सेयरहरू ४३ हजार ३०९ पटक किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँको कारोबार भएको थियो ।

त्यसैगरी मंगलबार ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा कायम भएको बजारमा ११३ कम्पनीका ७८ लाख १६ हजार ४७८ कित्ता सेयरहरू ४५ हजार ५१९ पटक किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो । बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ अंकमा पुगेको थियोे । उक्त दिन ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयरहरु ५२ हजार ३३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार नेप्से १२.३६ अंकले घटेर २७४२.११ विन्दु कायम भएको बजारमा ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयरहरू ४४ हजार ७४४ पटक किनबेच हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँको कारोबार भएको थियो । शुक्रबार नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेर साताका लागि बजार बन्द भएको छ । शुक्रबार ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयरहरू ५४ हजार ४९७ पटक किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

साताभरिमा यी कम्पनीमा देखियो वृद्धि

यो साता सेयर बजारमा उतारचढाव देखिए पनि साताको पहिलो कारोबार दिन सोमबार इङ्वा हाइड्रोपावरको सेयर मूल्य ८.४२ प्रतिशतले बढेको थियो । त्यसैगरी, मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.२६ प्रतिशतले बढेको थियो भने बुधबार उपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको थियो । बिहीबार प्रभु बैंक डेभेन्चर एकाई मूल्य ६.६२ प्रतिशतले बढ्दा शुक्रबार क्रेष्ट माइक्रो लाइफको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै घट्ने कम्पनीहरुमा कुन कुन परे ?

यो साताको बिहीबार अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य १४.९५ प्रतिशतले घटेको थियो । त्यसैगरी, बुधबार कर्पाेरेट विकास बैंकको सेयर मूल्य १३.२६ प्रतिशतले घटेको बजारमा मंगलबार सिटी होटलको सेयर मूल्य ६.८४ प्रतिशतले घटेको थियो । त्यस्तै, सोमबार निफ्रा उर्जा ऋणपत्रको एकाई मूल्य ५.२६ प्रतिशतले घटेको थियो भने शुक्रबार एनआइसी एसिया ब्यालेन्स फण्डको एकाई मूल्य २.५९ प्रतिशतले घटेको थियो ।

कुन कम्पनीको सबैभन्दा बढीको कारोबार भयो ?

साताभरिमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको शीर्षस्थानमा आँखुखोला हाइड्रोपावर रहेको छ । मंगलबार आँखुखोला हाइड्रोपावरको ८ करोड ६८ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको थियो भने बिहीबार १७ करोड ७२ लाख ५७ हजार रुपैयाँको कारोबार हुँदा शुक्रबार ४३ करोड ९५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार रिलाइन्स स्पिनिङ मिल्सले ७ करोड ३४ लाख ८८ हजार रुपैयाँको कारोबार गरेको थियो । सोमबार ८ करोड ४३ लाख ८९ हजार रुपैयाँको कारोबार गरेको साहस उर्जा कम्पनीले मंगलबार ९ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार गरेको थियो । कर्पोरेट डेभलपमेन्ट बैंकको मंगलबार ८ करोड १८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको थियो भने बुधबार १८ करोड ३५ लाख १३ हजार रुपैयाँको कारोबार भएको थियो ।

कुन दिन कति कायम भयो बजार पूँजीकरण ?

यो साताभरिको कारोबारसँगै कुल बजार पूँजीकरण सामान्य बढेको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबार बजार पूँजीकरण ४६ खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको थियो । यो साताको पहिलो कारोबार दिन सोमबार कुल बजार पूँजीकरण ४६ खर्ब ५७ अर्ब रुपैयाँ कायम भएको थियो । मंगलबार कुल बजार पूँजीकरण ४६ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको थियो भने बुधबार ४६ खर्ब ९७ अर्ब रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, बिहीबार कुल बजार पूँजीकरण ४६ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएकोमा शुक्रबार कुल बजार पूँजीकरण ४७ खर्ब ४ अर्ब रुपैयाँ कायम भएको होे ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।