काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याकंडेकर ब्रान्डले जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू बजारमा ल्याएको छ। ग्राहकको दैनिक आवश्यकतालाई सहज र छिटो बनाउन ब्ल्याकंडेकरले यी प्रिमियम उपकरणहरू डिजाइन गरेको कम्पनीले जनाएको छ ।
यी उपकरणबाट समयको बचत र सहज जुस तयार गर्न सकिने र प्रिमियम जुसरमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको कम्पनीको दाबी छ ।
यसमा रहेको ७५ एमएमको ठूलो फिडिङ ट्युबले गर्दा फलफूललाई स–साना टुक्रा नपारी सिङ्गै राखेर जुस निकाल्न मिल्छ, जसले भान्साको काम निकै छिटो र सहज बनाउँछ।
त्यसैगरी एक्टिभ लाइफस्टाइलका लागि उपयोगी रहेको यो ३०० वाटको यो पर्सनल स्पोर्ट्स ब्लेन्डर विशेष गरी फिटनेस रुचाउने र व्यस्त जीवनशैली हुनेहरूका लागि भएको कम्पनीले जनाएको हो ।
यसमा रहेको ५०० एमएलको ट्राइटन बोटलमै स्मुदी बनाएर सिधै अफिस वा जिम लैजान सकिन्छ।
७०० वाटको हाई–स्पिड मोटर र १.७ लिटरको सुरक्षित ग्लास जार भएको यो ब्लेन्डरले एकैपटकमा पूरै परिवारका लागि चिसो पेय तयार गर्ने हुनाले परिवारका लागि निकै उपयोगी रहेको छ ।
सीजी इलेक्ट्रोनिक्सले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल र एलजी ब्रान्ड शप शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइनमार्फत यी उपकरणहरू सुलभ तरिकाले उपलब्ध गराएको छ।
ब्ल्याकंडेकरका यी उत्पादनहरूमा २ वर्षको विस्तृत वारेन्टी रहेको छ। सीजी इलेक्ट्रोनिक्सको देशव्यापी सर्भिस नेटवर्कले बिक्रीपछिको सेवा समेत सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।










प्रतिक्रिया