सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त


काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशकुमार केसी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले केसीलाई नियुक्त गरेको हो । उनी आज जेठ ११ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि केसी बैंकमा नायब सीईओका रुपमा कार्यरत थिए । उनले मालिका विकास बैंकको सीईओ र कुमारी बैंकको आन्तरिक लेखा परीक्षण विभागको प्रमुखको रूपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।